हिमतालमा यसरी डुवेर बेपत्ता भएका रहेछन् तीन जना – हेर्नुहोस भिडियो

साउन २३, सोलुखुम्बु | सोलुखुम्बुको गोक्यो हिमतालमा डुवेर बेपत्ता भएका तीन जना विद्यार्थी मध्ये एकजनाको शव भेटिएको छ । काठमाण्डौबाट आएको शसस्त्र प्रहरीको गोताखोर टोलीले हिमतालमा डुबेर बेपत्ता भएका विद्यार्थीको मध्ये एक जनाको शब निकाल्न सफल भएको हो ।

शसस्त्र प्रहरीको गोताखोर टोलीले गतशनिबार पौडि खेल्ने क्रममा गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका विद्यार्थी पेम्बानुरु शेर्पाको शब निकालेको हो ।

आज बिहान ९:४५ देखि खोजीकार्य सुरु गरेको टोलीले मध्याह्न १२ बजेतीर पेम्बाको शब निकालेको सोलुखुम्बुका प्रहरी निरिक्षक हरणकुमार यादवले जानकारी दिनुभयो । अझै बेपत्ता भएका दुई जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

खुम्जुङ माध्मीक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरु शैक्षिक भ्रमणमा जाँदा तीन जना विद्यार्थी पौडी खेल्ने क्रममा गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका थिए ।

भिडियो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *