आज मेघगर्जन र हुरीबताससहित पहाडी क्षेत्रका धेरै ठाउँमा पानी पर्ने

बैशाख २, काठमाण्डाै । मङ्गलबार पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भइ पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले बदली भए पनि दिउँसो केही ठाउँको मौसम एकैछिन खुल्नेछ । तर आज देशभरिकै मौसम पूर्णरुपमा खुल्ने सम्भावना भने निकै कम रहेको उहाँले बताउनुभयो ।

पहाडी क्षेत्रमा भने आज बेलुकीसम्म नै पानी पर्दै रोकिने क्रम चलिरहने उहाँको पूर्वानुमान छ । पश्चिमी वायु कमजोर हुँदै जाने भएकाले राति पानी पर्न केही कम हुने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।

बिहान खुलेको मौसम दिउँसोपछि बदली भइ बेलुकीतिर चट्याङ र हुरीबताससहित पानी पर्नु प्रिमनसुनको विशेषता हो । अहिले प्रिमनसुन चलिरहेको छ । पश्चिमी वायुकै प्रभावले आज बिहानै काठमाण्डौ उपत्यकासहित केही ठाउँमा पानी परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *