महोत्तरी र धनुषामा डुबेर एक बालिकासहित दुई जनाको मृत्यु

असोज ५, धनुषा । धनुषा र महोत्तरीमा पानीमा डुबेर एक बालिकासहित दुई जनाको ज्यान गएको छ ।
जितिया पर्वको अवसरमा शनिबार दिउँसो धनुषाको पोर्ताहा र सिरहाको बन्दिपुरस्थित कमला नदीमा आमासँगै स्नान गर्न गएकी एक बालिकाको डुबेर ज्यान गएको छ ।
ज्यान गुमाउनेमा सिरहाको मिर्चैया नगरपालिका–६ बस्ने संजीव साहकी ९ वर्षकी छोरी प्रकृति रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पानीमा डुबेर बेहोस भएकी बालिकाको उपचारको लागि धनुषाको गोदारमा रहेको समर हेल्थ केयरमा लगिएको थियो । बालिकाको उपचारकै क्रममा ज्यान गएको हो ।
यस्तै, महोत्तरीको बर्दिबास नगरपालिकामा माछा पोखरीको सुरक्षार्थ खटिएकी एक महिलाको शनिबार डुबेर ज्यान गएको छ ।
बर्दिबास नगरपालिका–१२ बिजलपुरामा माछा पोखरी हेरचाह गर्न बसेकी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने केदार सुवेदीकी श्रीमती ३४ वर्षकी मिना सुवेदीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *