दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको ज्यान गयो

असोज ४, दाङ । दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु भएको छ ।
घोराही उपमहमानगरपालिका वडा नं. ९ निवासी २५ वर्षीय मनोज विक र घोराही ५ धर्ना निवासी वर्ष २५ कै दिपक विकको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ ।
गएराति साढे ११ बजेतिर घोराही ९ गुकाली डाँडावाट तुलसीपुर तर्फ आउँदै गरेको रा ४ प ७४९३ नम्वरको मोटरसाइकल सिमेन्टको पिलरमा ठोक्किदा उक्त दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले उनीहरु दुबै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति १२ बजेतिर मृत्यु भएको जानकारी दिए।
प्रहरीका अनुसार मोटरसाइकलमा सवार दुबैले मादकपदार्थ सेवन गरेका थिए।
दाङमा महिलाको श,व भेटियो, घटना रहस्यमयी
दाङको लमही क्षेत्रको जंगलमा एक महिलाको श’व फेला परेको छ ।
लमही नगरपालिका वडा नं. ७ स्थित उचानिम्बु सामुदायिक वनमा एक मिहलाको श’व शुक्रबार दिउँसो सडेको अवस्थामा फेला परेको छ।
च्याउ टिप्न वनमा गएका केटाकेटीले महिलाको श’व सडेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। पहिचान हुन नसकेको महिलाको श’वबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
दाङमा खोलामा डुबेर बालकको मृ’त्यु
दाङमा डुबेर एक बालकको मृ’त्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पातुखोलामा डुवेर एकजना बालकको मृ’त्यु भएको हो । पौडी खेल्ने क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. १० बन्गै निवासी १३ बर्षीय निशान चौधरीको डुवेर मृ’त्यु भएको छ ।
शुक्रवार बेलुका साढे ६ बजेतिर दंगिशरण गाउँपालिका वडा नं. ५ सलौरास्थित पातुखोलामा पौडी खेल्ने क्रममा डुवेर मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताए ।
प्रदेश ५ मा घट्यो पत्याउनै नसकिने यस्तो घटना
परपुरुषसँग मिलेर पतिको ह’त्या गरेर फालेको अवस्थामा प्रहरीले सेफ्टीक ट्यांकीबाट श’व बरामद गरेको छ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-३ घोडपाली बस्ने ३५ वर्षीया सरस्वती पोखरेल पाण्डेले ४१ वर्षीय पति ‘तारा’ भनिने रविन्द्र पाण्डेको अर्का एक जना पुरुषसँग मिलेर ह’त्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
मृतक पाण्डेको श’व घरनजिकै रहेको हरि सुशील प्राविको सेफ्टी ट्यांकीबाट शुक्रबार प्रहरीले बरामद गरेको हो। मृ’तक पाण्डे विगत १५ दिनदेखि घरबाट हराएको भन्दै आफन्तले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए।
हराएको लामो समयसम्म उनको अवस्थाका बारेमा जानकारी नआएपछि पाण्डेकी श्रीमतीसँग स्थानीय महिलाहरूले बारम्बार सोधखोज गरेका थिए। त्यसक्रममा मृतक पाण्डेकी श्रीमती सरस्वतीले शंकास्पद कुरा गर्न थालेपछि प्रहरीले स्थानीयको सहयोगमा उनलाई पक्राउ गरेको थियो।
पक्राउपछि सरस्वतीले आफूसहित अन्य एक जना व्यक्तिको संलग्नतामा ह’त्या गरेको वयान दिएको प्रहरीले जनाएको छ। वयानका क्रममा सरस्वतीको पर–पुरुषको अनैतिक सम्बन्ध रहेको खुलेको छ ।
ह’त्याका दिन मृ’तक पाण्डेले आफ्नै घरमा परपुरुषसँग श्रीमतीलाई देखेपछि घटना लुकाउन दुवै जना मिलेर कुटपिट गरी ह’त्या गरेको प्रहरीले जनाएको छ । ह’त्यामा संलग्न भएको आरोपमा किटानी उजुरी दर्ता भएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *